किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले नगर भित्रका १७ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ को हालसम्म नगर भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा १७ वटा हाते ट्याक्टर वितरण गरिएको नगर कृषि शाखा सिन्धुलीले जनाएको हो ।

कमलामाई नगरपालीकाको वडा नं १, ६, ८ मा १÷१ वटा, वडा नं २, ३, ४, १० र ११ मा २÷२ वटा वितरण गरिएको नगरका कृषि शाखाका पाविधिक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । कृषि प्राविधिक सापकोटाका अनुसार नगरपालिका ७ मा ४ वटा वितरण गरिएकोे छ ।

वडा नं ५, ९, १२, १३ र १४ का किसानको भने हाते ट्याक्टर अनुदानका लागि कुनै निवेदन कार्यालयसम्म नआएकाले वितरण नगरिएको प्राविधिक सापकोटाले बताउनुभयो ।

हाते ट्याक्टरको प्रयोगपछि हली, हलो र गोरु खोज्नुपर्ने झञ्झट हटेको र खेती लगाउन पनि सहज भएको किसानले बताएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..