कृषि क्षेत्रमा सहकारीद्धारा साढे २४ लाख लगानी

सल्यान । सल्यान कपुरकोटमा रहेको नारि विकास वचत तथा ऋण सहकारि संस्थाले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ ।

सहकारीको २९ लाख ८६ हजार आठ सय ८५ रुपैयाँ कुल पुजी मध्येबाट २४ लाख ५० हजार आठ सय ५६ रुपैयाँ कृषिीमा लगानी गरेको सहकारी संस्थाले जनाएको हो ।

महिलाले सञ्चालन गरेको र महिला मात्रै सदस्य रहेको यस सहकारीले महिलालाई कृषिमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरिएको संस्थाका अध्यक्ष ललीता गिरीले जानकारी दिनुभयो । सहकारी संस्थामा दुइ सय २१ जना सदस्य रहेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..