धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यी रोगको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्सामा ९० प्रतिशत किसान व्यावसायिकरुपमा धानबालीखेती गर्दै आएका छन् । यस वर्ष सुरुमै ४० देखि ७० दिनसम्मको अगहनी धानबालीमा सो रोगले व्यापक क्षति गरेकाले यस वर्ष कम धान उत्पादन हुने कृषि विज्ञको भनाइ छ । अन्य वर्षभन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भई अत्यधिक पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरियामल प्रयोग गरेकाले सो रोग देखा परेको कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किशोरप्रसाद कुर्मीले राससलाई बताउनुभयो ।

सुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेकाले किसान पीडित हुने गरेको हो । पर्सा जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ । कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन् । पर्साका किसानले बढीमात्रामा सोना मन्सुली धानखेती गर्ने भएकाले यो धानबालीमा बढीमात्रामा गवारो र पातबेरुवा रोग लाग्ने गरेको बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताउनुभयो ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ । अधिकृत हकका अनुसार कीराको सङ्क्रमणले अहिले धानको बोट नै मर्दै गएका छन् । यसरी बोट नै मरेमा उत्पादनमा कमी आउन सक्ने सम्भावना बढी रहेको छ ।

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ । “गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, अधिकृत हकले भन्नुभयो, “धान खेतमा कीराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।”

सो रोगका कारण पर्साका किसानले क्षति भएको ठाउँमा पुनःरोपाइँ गरिएको छ । हालसम्म पर्सा जिल्लामा ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ । जिल्लामा कूल ३५ हजार २० हेक्टरमा किसानले धानखेती गरेकामा पछिल्लो समय १० प्रतिशत धानबालीमा गवारो रोग र पाँच प्रतिशत धानबालीमा पातबेरुवा रोग लागेको देखिन्छ । हाल फाट्टफुट्टरुपमा धानबालीमा ब्लास्ट रोग फेला पर्न थालेको छ ।

यसैबीच प्रसारप्रचारको अभाव, किसान आकर्षित हुन नसक्नु र स्थानीय तहको उदासीनताका कारण ब्लक उत्पादन कार्यक्रमको रु तीन करोड २५ लाख फ्रिज भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक निर्माण कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्सामार्फत आएकोे सो रकम किसानसम्म पुग्न नसक्दा फ्रिज भएको बताइएको छ ।

पर्साको १४ स्थानीय तहका लागि आएको सो रकम समयमा सदुपयोग हुन नसक्दा फ्रिज भएको बताइएको छ । सो कार्यक्रमअन्तर्गत एउटा पालिकाले सो कार्यक्रम सञ्चालन गर्न एक ठाउँमा सवा दुई बिघा जग्गाको लालपूर्जा पेश गर्न कानूनी प्रावधान रहेकाले किसानले यति ठूलो जग्गाको लालपूर्जा, चारकिल्ला प्रमाणितजस्ता प्रमाणपत्र पेश गर्न नसकेकाले उक्त कार्यक्रम प्रभावित भएको बताइएको छ ।

वर्षाले सडक अवरुद्ध
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

यस्तै तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका–३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सडक अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या परेको छ । अवरुद्ध बनेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानाध्यापक बाँँस्कोटाको सालिक अनावरण
शैक्षिक उन्नयनमा योगदान पु¥याउनुभएका किटिनी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व नारायणप्रसाद बाँस्कोटाको सालिक अनावरण गरिएको छ । विसं २०२९ मा विद्यालयको प्रधानाध्यापक बन्नुभएका उहाँले बाँकी समय शिक्षाको गुणस्तर बढाउन उल्लेखनीय योगदान दिनुभएको थियो ।

खरो स्वभावका स्व बाँस्कोटा सदैव विद्यालयको हितमा दिनरात लागि पर्ने भएका कारण गोदावरीलगायत दक्षिण भेगका विद्यार्थीको त्यहाँ आकर्षण बढ्न थालेको थियो । विसं २०३६ को शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले नै पहिलो पटक शिक्षकका लागि कोष स्थापना र निवृत्तिभरणका लागि आबाज उठाउनुभएको थियो ।

क्षनेत्र नं १ का सांसद नवराज सिलवाले आज सालिक अनावरण गर्दै असल नागरिक उत्पादन गर्ने यस्ता अमर व्यक्तिका योगदान धर्म र तीर्थ गरेभन्दा पुण्य हुने धारणा व्यक्त गर्नुभयो । “ शालिक अनावरणसँगै अन्य व्यक्तिलाई पनि प्रथप्रदर्शकको भूमिका निर्वाह गर्न सदैव झकझकाउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “शिक्षक बाँस्कोटाको पे्ररणा अनि मार्गदर्शनले गर्दा आफू पनि यो स्थानसम्म आइपुगेको हुँ।”

विद्यालय सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तमबहादुर सिलवालले नारायणप्रसाद बाँस्कोटा प्रतिष्ठानलाई सक्रिय बनाएर सामाजिक काममा थप योगदान पु¥याउन बढी रकम सङ्कलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द घिमिरेले स्व बाँस्कोटाकै पहलमा विसं २०३० पहिलो पटक यस विद्यालयले प्रवेशिका परीक्षाको बोर्डमा पहिलो स्थान ल्याउन सफल भएको चर्चा गर्दै उहाँले अवलम्बन गर्नुभएको पथलाई अनुसरण गरी सदैव समाजमा इमान्दार र अनुशासित भई जिउन प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानाध्यापक सरोजकुमार केसीले स्व। बाँस्कोटाबाट शिक्षा ग्रहण गरेका कैयौँ विद्यार्थी आज विभिन्न निकायको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् भन्नुभयो । किटिनी क्याम्पसका निमित्त प्रमुख जनार्दन आचार्यले यस सालिकले सदैव आफूहरुलाई काममा जिम्मेवार रहन सचेत गराउने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विद्यालयको शैक्षिक सुधार र व्यवस्थापनका लागि वार्षिक रु सात लाख उपलब्ध गराउँदै आएको जानकारी दिँदै सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गराई शैक्षिक सुधारमा पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । स्व शिक्षकका समकक्षी चिरञ्जीवी आचार्य, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष सुरेन्द्रकुमार घिमिरे, प्रतिष्ठानका अध्यक्ष तथा पूर्वविद्यार्थी शरदप्रसाद न्यौपाने स्व वाँस्कोटाले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

स्व बाँस्कोटासँग अध्ययन गरेर नेतृत्वादायी भूमिका निर्वाह गरेका सांसद सिलवाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रदेश सचिवालय सदस्य मधुसुदन पौडेल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका वैज्ञानिक ईश्वर महर्जनलगायतलाई सम्मान गरिएको थियो ।

विसं २००४ मा किटिनी आधार स्कूलका नाममा पहिलोपटक सञ्चालन गरिएको वडा नं ३ स्थित सो विद्यालय यस भेगमै सबैभन्दा पुरानो हो । विसं २०७६ जेठ ३ गते स्वर्गीय हुनुभएका बाँस्कोटा उक्त विद्यालयमा २०२९ सालदेखि २०६२ सम्म प्रधानाध्यापक हुनाका साथै विसं २०६२ देखि २०७६ सम्म क्याम्पस प्रमुखसमेत भएर सोवा गर्नुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु
नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिनुभयो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..