प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन्। न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् ।

म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन्। गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।

रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए। उनका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का एक सय ६ जनाले रोजगारी पाएका छन्। उनीहरुले प्रतिदिन रु पाँच सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् ।

“युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजनाअन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्”, उनले भने, “सात वडामध्ये चार वडामा आयोजनामार्फत् काम गरिएको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ। “सबै कामको प्रगति सन्तोषजनक छ,” उनले भने, “स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।”

चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि दुई सय ५८ सूचीकृत भएका छन्। तीमध्ये एक सय एक जनाले रोजगारी पाउनेछन्। म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा एक सय ८९ जना सूचीकृत भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन्। प्रत्येक वडा कार्यालयमा सूचना पुर्याएपनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको संयोजक शाहीले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन्। यस कार्यक्रमअन्र्तगत १२ वटा योजनाको काम गरिएको छ। कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिइन् ।

नगरपालिकाका १४ वडामध्ये ७ वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ। व्यास–६ मा कुुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकामा तीन सय ९६ जनाले रोजगारी पाएका छन्। यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिइन्। यसअन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ ।

यसैगरी, गोरेटो बाटो, नाला निर्माणलगायत काम सम्पन्न भएको छ। कार्यक्रमका लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो। कार्यक्रमअन्तर्गत वडा नं ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ। वडा नं ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ ।

वडा नं ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नं ५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ। गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं २ मा पोखरी र वडा नं ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको संयोजक गैह्रेले जानकारी दिइन् ।

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश
राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोसं्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ ।

विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिनुभएको थियो ।

सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाउनुभयो । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराउनुभएकाले बसेर सदनचलाउने वातावरण बनाइदिनुहुन आग्रह गर्नुभएको थियो । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

विरोधकाबीचबैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्तावपारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित
भाद्र कृष्णऔँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ ।

गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो ।

गोकर्णेश्वर क्षेत्रमा कुहिने फोहर फालिएका स्थानमा गन्धले समस्या छ । नकुहिने प्लाष्टिकलगायत फोहर फालिएका सडकको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको स्थानीय रश्मी श्रेष्ठले गुनासो गर्नुभयो । मेला सकिएको तीन दिन बित्दा पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले फोहर नउठाएको उहाँले बताउनुभयो ।

कुशेऔँसीको दुई दिनपछि हरितालिकाको व्रत बसेका वर्तालु महिला मन्दिर क्षेत्र पुग्दा नाक थुनेर हिँडेको दृश्य देखिन्थ्यो । मन्दिर क्षेत्रमा थुप्रिएको फोहर उठाउन ढिला हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने खतरा बढेको स्थानीयवासी कविन्द्र कार्की बताउनुहुन्छ ।

राष्ट्रिय शहीद तथा निजामती स्मारक यज्ञडो (जगडोल) सामुदायिवन वन पार्क व्यवस्थापन समितिका अध्यक्ष सुनदर्शन सिग्देल सडकमुनिको भागमा मन्दिर क्षेत्र प्रबन्ध समितिले सफाइ गर्नुपर्नेमा ढिला भएको बताउनुहुन्छ । स्मारक क्षेत्रको सफाइ भने आजदेखि सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..