मकैबालीमा क्षति ब्यहोरेका किसानले पाए राहत

सल्यान । सल्यानमा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत रकम वितरण गरिएको छ ।

वन्यजन्तुले बालीनालीमा क्षति पुराएका किसान र वन्यजन्तुको आक्रमणमा घाइते भएकाहरूलाई डिभिजन वन कार्यालय सल्यानले राहत रकम वितरण गरेको हो ।

जिल्लामा मकै बालीमा बँदेलले क्षति पुराएका १३ जना किसानलाई राहत रकम वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्माले जानकारी दिनुभयो । क्षतिको आधारमा किसानलाइ ८ हजारदेखि १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइएको छ ।

वन्यजन्तुले बालीमा क्षति गराएवापत राहत रकम पाउने सबै कपुरकोट गाउँपालिकाका किसान मात्रै रहेका छन् । भालुको आक्रमणबाट घाइते शारदा नगरपालिका ५ का सुजन थापालाई उपचार खर्चवापत ३१ हजार १ सय २९ र स्थानीय भीमकुमारि श्रेष्ठलाई ५८ हजार ९८४ रुपैयाँ उपलव्ध गराइएको पनि रेञ्जर शर्माले जानकारी दिनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..