रोशी गाउँपालिकामा पशु विमा कार्यक्रम जारी

काभ्रेपलाञ्चोेक । काभ्रको रोशी गाउँपालिकामा एक महिने पशु विमा कार्यक्रम चलिरहेको छ । बैशाख ८ गते सुरु भएको पशु विमा कार्यक्रम जेठ ८ गते सम्म संञ्चालन हुनेछ ।

प्रत्येक वडामा ८० देखि एक सय जना किसानहरुले पालेको पशुको बिमा गराउने उदेश्य सहित विमा कार्यक्रम गरिएको गाउँपालिकाको पशु शाखा प्रमुख रघुनी शाहले जानकारी दिनुभयो ।

पशु बिमा कार्यक्रममा सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । बाँकि २५ प्रतिशतमा गाँउपालिकाले ५० प्रतिशत अनुदान दिने र बाँकी किसानहरुले आफुले बेहोर्नु पर्ने व्यवस्था रहेको पशु शाखा प्रमुख शाहको भनाई छ ।

अहिले ६ जना प्राविधिकहरुको टोलीले बिमा कार्यक्रम गाउँगाउँमा संञ्चालन गरिरहेको छ । हाल सम्म एकसय भन्दा बढि पशुको बिमा गरिसकेको बताईएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..