प्राविधिक शिक्षालय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै

जुम्ला । जुम्लाको कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

शिक्षालयको अवलोकन गर्न स्वदेशी पर्यटकको संख्या बढेको छ । अहिले दिनमा १५ देखि २० जना शिक्षालयको अवलोकन गर्न पुग्ने गरेका कर्णाली प्राविधिक शिक्षालय प्रशासनले जनाएको छ ।

यो वर्ष मात्र ३ हजार जनाले शिक्षालयको अवलोकन गरेका छन् । जुम्लामा आउने सरकारी अधिकारी, सुरक्षाकर्मी, सर्वसाधारण, सामाजिक अभियन्ताले अवलोकन गर्ने गरेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..