पहिलोपटक गाउँमै स्वास्थ्य सेवा, दारेचोकका बासिन्दामा खुशी छायो

मुग्लिन, ४ जेठ। सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएपछि चितवनको इच्छाकामना३ दारेचोकका बासिन्दामा खुशी छाएको छ। सीमान्तकृत चेपाङ र जनजातिको बाहुल्य रहेको गाउँमा  स्वास्थ्य सेवा पाउने भएपछि उनीहरु खुशी भएका हुन्।

सो गाउँपालिका३ का रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको बताए। सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने बाध्यता थियो, अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुशीको सीमा नै छैन – उनले भने।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र अन्य वडामा पनि चाँडै स्थापना गरिने बताइन्।

वडा नं ३ कै चौताराका तीर्थकुमारी गुरुङले उनले गाउँमै स्वास्थ्य सेवा शुरु गरेकोमा जनप्रतिनिधिलाई धन्यावाद दिएकि छिन। स्वास्थ्य सेवा सञ्चालनका लागि माझगाउँ माध्यमिक विद्यालयले भवन उपलब्ध गराएको छ।

चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए। वडावडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि केहीले राहत महसुस गर्न थालेका छन्। यस गाउँपालिकामा पच्चिस हजार जनसङ्ख्या रहेको छ। रासस

Kantipath Media

यो छुट्टाउनु भो कि..