श्रीलंका बम विष्फोटः शिक्षित र धनी युवाले आत्मघाति आक्रमण गरेको खुलासा

कोलम्बो (एजेन्सी) । गएको आइतबार श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटहरुमा संलग्नहरु विदेशमा पढेर फर्किएका श्रीलंकाली नागरिक रहेको खुलासा श्रीलंकाली उच्च अधिकारीहरुले गरेका छन् ।

८ वटा आत्मघाति विष्फोटमा ८ युवा र एक महिलाले आफुलाईसमेत मारेको श्रीलंकाका रक्षामन्त्री रुवन जयवद्र्धनेले बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा उनले यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रक्षामन्त्री जयवद्र्धनेले सो आक्रमणमा बेलायतमा पढेर फर्केका धनी परिवारका मुस्लिम युवाहरुको संलग्नता रहेको बताएका छन् । एक प्रख्यात मसला व्यापारीका दुई छोराले आत्मघाति बम विष्फोट गराएको पुष्टि भएको उनले बताएका छन् ।

इब्राहिम र इन्साफ नाम गरेका दुई मुसिलम भाइहरुले आत्मघाति आक्रमण गरेको बताएका छन् । ती मध्ये एक भाईले होटलमा वास्ताविक परिचय दिएको र उसको घरमा सुरक्षाकर्मी पुगेको जनाएका छन् । सुरक्षाकर्मी सो घरमा पुग्दा इब्राहिमकी श्रीमतीले आफैलाई बलमे उडाएको र त्यसका उनका दुई बालकककोसमेत मृत्यु भएको रक्षामन्त्रीले बताएका छन् । उनले विदेशमा उच्च शिक्षा हासिल गरेका र आर्थिक अवस्था बलियो भएका युवाहरु आक्रमणमा सहभागी हुनुले विदेशी आतंकवादीसँगको सम्बन्ध देखाउने बताएका छन् ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताएका छन् ।

मंगलबार राति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म करिब ६० जनालाई पक्राउ गरिसकिएको छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

एक घण्टाको फरकमा श्रीलंकामा ८ पटा शक्तिसाली बम विष्फोट भएका थिए । ईस्टरको प्राथाना भइरहेका बेला चर्च, तारे होटल र एक चिडियाखानामा विष्फोट भएका थिए । ती विष्फोटमा परी ज्यान गुमाउेहरुको संख्या बुधबारसम्म ३५९ पुगेको श्रीलंकाली अधिकारीहरुले बताएका छन् । ती मध्ये ३९ जना विदेशी रहेको रक्षामन्त्री जयवद्र्धनेले बताए ।

उनले १७ जना विदेशीको शव पहिचान गरेर परिवारको जिम्मा लगाइएकोसमेत बताएका छन् । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..