काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बस्नेगरी सर्वदलीय बैठक बोलाएका थिए । तर उक्त बैठक एमालेलेले बहिस्कार गर्ने भएको हो ।
आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् । सभामुखसँग असहमति हुँदा हुँदै सभामुखले नै बोलएको बैठकमा हामी जानुको अर्थ नहुने भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।
सत्ता गठबन्धनको ९८ सांसदहरुले हस्ताक्षर गरेर आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ