सोमवार, अशोज १०, २०७९

सत्ता गठबन्धन हैन ठगबन्धन हो : एमाले उपमहासचिव विष्णु रिमाल


कान्तिपथ


नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनले सत्ता ‘गठबन्धन’लाई ‘गठबन्धन’को संज्ञा दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ। ढुङ्गा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि?’

यसैबीच एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।

फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि?’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत