काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । सोमबार बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बसेको हो । आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।
महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गरेका थिए । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ