सोमवार, अशोज २८, २०८१

रावल

ओलीले चोलेन्द्र र एमसीसी बोकेको भन्दै रावलले गरे आलोचना


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताएका छन् । बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताए । ‘हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं’, बैठकमा सहभागी एक सांसदले भने ।

नेकपा एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् । संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने- यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन । बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए । एमसीसीलाई पास हुन नदिने गरि एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताए ।

बैठकमा रावलले एमसीसीका सन्दर्भमा पार्टी नेतृत्वले लिएको नीतिको समेत आलोचना गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत