शुक्रबार, जेष्ठ ६, २०७९

चोलेन्द्र कै चाहनामा महाभियोग: रामचन्द्र पौडेल


कान्तिपथ


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चाहेअनुरुप नै महाभियोग दर्ता भएको जिकिर गरेका छन्। काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्यान्डमा सोमबार तनहुँको भानु साहित्यिक उद्यान समितिले आयोजना गरेको कार्यक्रममा उनले राणाले चाहेअनुसार नै संसदमा महाभियोग दर्ता भएको दाबी गरेका हुन्।

उनले दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले ल्याउने महाभियोग संसदले अस्वीकार गर्नुपर्नेमा जोड दिए। २०५२ मा विघटित प्रतिनिधि सभा पुनःस्थापना गरेको सर्वोच्चको फैसलाविरुद्ध तत्कालीन समयमा एमालेले प्रधानन्यायाधीशविरुद्ध ल्याएको महाभियोगको प्रस्ताव संसदले अस्वीकार गरेको स्मरण उनले गराए।

२०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन गराएका थिए। उक्त निर्वाचनबाट अल्पमतको सरकार बनाउँदै एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले ९ महिना सरकार चलाएका थिए।

अधिकारीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइएको अवस्थामा प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो। २०५२ भदौ १२ मा सर्वोच्चले ‘अर्को सरकार गठन हुने विकल्प प्राप्त हुँदाहुँदै प्रतिनिधि सभा विघटन गर्नु संविधानको भावना अनुकुल देखिँदैन’ भनेर प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो।

‘०५२ मा विश्वनाथ उपाध्यायले संसद पुनस्र्थापना गरेपछि एमालेले त्यो बेला महाभियोग दर्ताको प्रस्ताव ल्याएको थियो’, तत्कालीन समयमा सभामुख रहेका पौडेलले भने, ‘संसदले स्वीकार गर्न नसक्ने भएपछि खारेज गरेको थिएँ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत