सोमवार, कार्तिक २४, २०८२

इष्टनिन्दाको आरोपमा पाकिस्तानमा भिड द्वारा एक व्यक्तिको हत्या

इष्टनिन्दा गरेको आरोपमा गाँउवासीहरूले एक व्यक्तिलाई मारेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

मध्य पाकिस्तानमा मुस्लिम पवित्र ग्रन्थ कुरानका पानाहरू जलाएको आरोपमा भीडले एक व्यक्तिको हत्या गरेकोछ । सो घटना पश्चात दर्जनौं मानिसहरूलाई गिरफ्तार गरिएको प्रहरी र अधिकारीहरूले जानकारी गराएका छन् ।

इष्टनिन्दाको आरोपमा पाकिस्तानको तुलाम्बा गाउको मस्जिद बाट निस्केको भिडले एक जना व्यक्तिको हत्या गरेपछि मस्जिद बाहिर अनुसन्धानको लागि पुगेका प्रहरी

प्रधानमन्त्री इमरान खानले हत्यामा संलग्न भीड र मुकदर्शक भइ कारबाही नगर्ने प्रहरीहरु माथि कारबाही गर्न आदेश दिएका छन् ।
“लिन्चिङलाई कानुनको पूर्ण कठोरताका साथ कारबाही गरिनेछ। कसैले पनि कानूनलाई आफ्नै हातमा लिएकोमा हामीसँग शून्य सहनशीलता छ,” उनले एक विज्ञप्तिमा भने ।


एक सरकारी प्रवक्ताले लिन्चिङमा संलग्न भएको शंकास्पद 60 भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बताए, र थप संदिग्धहरूलाई खानेवल जिल्लाको तुलम्बाका गाउँलेहरूले खिचेका सामाजिक सञ्जालका भिडियोहरू मार्फत पहिचान गरिँदैछ ।
प्रहरी अधिकारी मुनावर हुसेनले रोयटर्सलाई भने, मस्जिदका इमामका छोराले उक्त व्यक्तिले कुरानका पन्नाहरु जलाएका देखेका थिए र इमामले त्यस पश्चात शनिबार राति नै वरपरका मानिसहरुलै मस्जिदमा जम्मा हुन आदेश गरेका थिए ।

प्रहरीका अनुसार प्रहरी घटनास्थल पुग्दा भिड एक व्यक्तिको शवको छेउमा उभिरहेका थिए, जसलाई पुलिसका अनुसार, फेब्रुअरी 13, 2022 का दिन उक्त व्यक्तिलाई रुखमा बाँधी हत्या गरेका थिए ।
उद्दार गर्न पुगेका प्रहरी माथि नै स्थानीयहरु द्वारा फलामे रड, बन्चरो, लाठी द्वारा आक्रमण भएको थियो ।
उनले भने कि प्रहरीले अहिलेसम्म जम्मा गरेको प्रमाणले मृतक मुहम्मद मुश्ताक नाम गरेको व्यक्ति ५० वर्ष नाघेको र मानसिक अपाङ्गता भएको देखाएको छ ।


कान्तिपथ

गणेश विक, सुरक्षा/अपराध बिटमा समाचार लेख्छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत