आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • उत्कृष्ट अनुसन्धान गर्ने एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीहरु पुरष्कृत

उत्कृष्ट अनुसन्धान गर्ने एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीहरु पुरष्कृत


कान्तिपथ


मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकुमार ठाकुर, प्रहरी हवल्दारद्वय जीतेन्द्र चौधरी र भक्तबहादुर ठकुरी छन् । उनीहरुलार्य १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुणकुमार बिसीले पुरस्कृत गरेको प्रदेश प्रहरीका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

मोरङको धनपालथान–७ स्थित उखुबारीमा गत १२ र १३ माघमा दुईटा शव फेला परेको थियो । यस्तै, ललितपुर महानगरपालिका–१२ ठेचोस्थित घरको कम्पाउन्डभित्र पनि एउटा शव फेला परेको थियो ।

तीनै जनाको श्रृंखलाबद्ध तवरले हत्या गरी जमिनमुनि गाडिएको अवस्थामा फेला परेको आपराधिक घटनाको अनुसन्धानपछि प्रहरीले मुख्य योजनाकारसहित अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत