आइतवार, अशोज २७, २०८१

दुरुपयोग हुने भन्दै एमालेका ५ सांसदले खाली कागजमा गरेनन हस्ताक्षर


कान्तिपथ


प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । एमालेले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। तर एमालेले यो बैठकबाट आगामी कदमबारे ठोस निर्णय लिन सकेन।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीको पक्षमा लामो समयदेखि लाग्दै आएका सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । उनले न्यायाधीशविरुद्ध होइन सभामुखविरुद्ध लाग्नुपर्ने धारणा राखेका थिए ।

संसदीय दलको बैठकमा सांसदहरू भीम रावल र घनश्याम भुसालसहितले महाअभियोग लागेका जबरालाई अब एमालेले बोकिरहनु जरूरी नरहेको मत राखेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत