सोमवार, अशोज २८, २०८१

मन्त्री आलेले ७ महिनामा क्यासिनोबाट उठाए साढे ७५ करोड रोयल्टी


कान्तिपथ


क्यासिनोहरुले लामो समयदेखि बक्यौता रहेको रोयल्टीबापतको रकम धमाधम तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र डेढ दर्जन क्यासिनोले सरकारलाई रोयल्टी तथा नविकरण दस्तुर बुझाइसकेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र क्यासिनोबाट सरकारले ७५ करोड ४५ लाख रुपैयाँ असुल उपर गरिसकेको छ । यस्तो राजस्व निवेदन दस्तुर, इजाजत दस्तुर, नविकरण दस्तुर तथा रोयल्टीका माध्यमबाट उठ्ने गर्छ ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोमाथि कडाई गरि रोयल्टी बक्यौता भुक्तानीमा जोड दिएपछि रोयल्टी आउने क्रम बढेको छ । सोमबार मात्र सेन्ट्रल मिडिया प्रालिले सरकारलाई ४ करोड रुपैयाँ रोयल्टी बुझाएको छ । मन्त्रालयका अनुसार विभिन्न स्थानमा क्यासिनो चलाउने सेन्ट्रल मिडिया प्रालिले सोमबार ४ करोड बुझाएसँगै यो वर्ष राजस्व ७५ करोड ४५ लाख रुपैयाँ संकलन भएको हो ।

मन्त्रालयका अनुसार रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकहरुलाई निरन्तर ताकेता गर्ने क्रम बढाइएको छ । सम्पर्कमा नआउने क्यासिनो सञ्चालक र होटलमाथि सरकारले कारवाही गरेको हो । सोही अनुसार होटल याक एण्ड यति सरकारले बन्द गराएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत