प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ