बिहिबार, मंसिर २१, २०८०

महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य


कान्तिपथ


नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्र्ने भएको छ । इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो । ‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।

विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महासङ्घ सदस्य संस्था हो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको साझेदारी र सहकार्यको औपचारिक घोषणा कार्यक्रममा आइएसएफका अध्यक्ष लरेन्ट पेट्रिङकाले १९औँ आइएस जिन्मासाइड स्कुल समर गेम्स सन् २०२२ लाई गरिमामय तुल्याउन सदस्य विद्यालयको क्रियाशीलता र सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । उक्त प्रतियोगिता १४ देखि २२ मेसम्म फ्रान्समा हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत