सोमवार, मंसिर २४, २०८१

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै


कान्तिपथ


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लाग्नुभएको छ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उहाँ सहभागी हुनुहुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो । समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नुहुनेछ । धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गर्नुभएको थियो ।

विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभामुख र अध्यक्ष भनेको फूलहाउसको नेता भएकाले समितिलाई निर्देशन दिने, आवश्यकतानुसार बैठकमा सहभागी हुने सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “समिति भनेका मिनी पार्लियामेन्ट हुन्, त्यसले गर्ने सम्पूर्ण कामकारवाही भनेकै फूलहाउसलाई सहयोग पु¥याउने हो । हाउसका नेताले समन्वय गर्ने, के छ, कसो छ भनेर बुझ्न र भन्न सकिन्छ ।” विगतमा पनि कार्यसूची र विषयवस्तुका गाम्भीर्यताका आधारमा समितिका बैठक संयुक्त बस्ने गरेको तथा त्यस्ता बैठकमा सभामुखको पनि उपस्थितिको अभ्यास भइसकेको बताइएको छ । राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत