भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका एक युवकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उत्तेजित पारेर एक वर्ष अघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेका छन् ।
अछाम घर भई भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ता जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ । एक वर्षअघि आलेसंग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । मन्त्री आलेसंग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैया माग गरेको र अन्तिममा २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीले बताए ।
भारतमा बसेर ओलीले मन्त्री आलेसंगै प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री भीम रावल, नेपाली काँग्रेसका महामन्त्री गगन थापा,पूर्व प्रधानन्याधिश सुशिला कार्की, मन्त्री नारायण खड्का, रामकुमारी झाक्री का बिरुद्ध पनि मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेका छन् ।
निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ