मङ्लबार, माघ ८, २०८१

होटल हायात रिजेन्सीबाट युरेनियमसहित ६ जना कर्याप्पै


कान्तिपथ


महानगरीय प्रहरी वृत्त बौद्धले युरेनियम कारोबारको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। बौद्धस्थित होटल हायात रिजेन्सीबाट उनीहरुलाई शंकास्पद युरेनियमसहित पक्राउ गरिएको परिसरले जनाएको छ।

पक्राउ पर्नेमा सिरहाका गोपीलाल दास, जीवछनारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, काठमाडौंका भुपेन्द्र खडका र ललितपुरका नवराज महत रहेका छन्।

उनीहरुले प्रतिबन्धित युरेनियम कारोबार गरेको प्रहरीको आरोप लागेको छ। युरेनियम हो होइन भन्ने परीक्षणका लागि पठाइएको छ। पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी भइरहेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत