बुधबार, माघ २, २०८१

मिर्गाैला पीडितलाई डेढ लाख सहयोग


कान्तिपथ


तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गाैलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उहाँका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराउनुभएको हो

। सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गाैला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भाँैतारिँदै आउनुभएको छ । चिकित्सकले रु १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा रु. सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिनुभयो । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने उहाँले बताउनुभयो । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गर्नुभएका थापा मिर्गाैला फेल भएपछि नेपाल फर्कनुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत