सोमवार, पुस २९, २०८१

भोली बिहान संसदीय दलको बैठक राख्दै माओवादी


कान्तिपथ


सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो। भोलि प्रतिनिधिसभाको बैठकअघि माओवादी संसदीय दलको बैठक बस्नेछ। बैठकमा खासगरी प्रधानन्यायाधीशमाथि दर्ता भएको महाभियोग प्रस्ताव संसद् बैठकमा टेबुल हुने तयारीमा रहेको एमसीसीबारे छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए।

प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक डाकेर यसबारे छलफल गरिसकेका छन्। एमालेको बैठक हिजो सोमबार र कांग्रेस संसदीय दलको बैठक आज बसेको थियो। संसद् बैठक भने भोलि दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत