आइतवार, माघ ६, २०८१

युवा संघले सडक मै चलायो संसद बहस: विरोधको नयाँ शैली


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले मंगलबार अनौठो शैलीमा विरोध प्रदर्शन गर्यो। एमालेले कारबाही गरेका सांसदबारेको सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले नयाँ बानेश्वरस्थित सडकमै नमूना संसद बनाएर विरोध जनाएको हो।

संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगविरूद्ध सडकमै संसद खडा गरेर रचनात्मक विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरे।

उनीहरुले पार्टी फुटाउन पाइँदैन, सभामुख राजीनामा दे जस्ता नाराबाजी गरेका छन्। युवा संघले केही दिनयता सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको युवासंघका प्रचार विभाग प्रमुख महाराज गुरुङ्गले बताए।

सडक संसदमा पनि साँच्चैको संसदमा झैं लागेजस्तै नारा लागे-‘गैर सांसदलाई संसदमा निषेध गर । पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर ।’

र, थप नयाँ नारा पनि सडक संसदमा लाग्यो-‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे । हत्यारा सभामुख राजीनामा दे ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत