बिहिबार, मंसिर १४, २०८०

भोलिको सदनको कार्यसूचीमा परेन एमसीसी


कान्तिपथ


भोलि बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) राखिएको छैन ।

प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसीसी टेबुल गर्ने बताइरहेको भए पनि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । प्रमुख सत्तारुढ नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले नाफाघाटा नहेरी कांग्रेसले एमसीसी पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने विषय राखिएको छ। यसैबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ। माओवादी केन्द्रले पनि भोली नै संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् । ‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत