सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • अधिवेशन गर्न नसक्ने कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग

अधिवेशन गर्न नसक्ने कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग


कान्तिपथ


नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको हो।

नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरिएको हो।

फागुन अन्तिम्मसम्म नयाँ तदर्थ समिति बनाउने अधिकार सभापतिलाई दिइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत