मङ्लबार, माघ ८, २०८१

यूएनमा जागिर लगाइदिने भन्दै १८ लाख ठग्ने पक्राउ


कान्तिपथ


आफूलाई यूएनको ईन्जिनियर भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका-९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत