बिहिबार, मंसिर १४, २०८०

एमबाप्पेको गोलमा रियल मड्रिडमाथि पीएसजीको सानदार जित


कान्तिपथ


च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियल मड्रिडमाथि १–० को जित हात पारेको छ। पीएसजीलाई जित दिलाउन कायलिन एमबाप्पेले खेलको अन्तिम समयमा उत्कृष्ट गोल गरेका थिए।

पीएसजीले यसअघि खेलमा पेनाल्टी पाएको भए पनि लियोनेल मेस्सीले त्यसमा गोल भने गर्न सकेनन्। त्यसपछि दबाबमा आएको टोलीका लागि एमबाप्पेले महत्वपूर्ण गोल गर्दै जित दिलाएका हुन्।

अब पीएसजीले अन्तिम १६ को दोस्रो लेग रियल मड्रिडकै मैदानमा मार्च ९ मा खेल्नेछ। च्याम्पियन्स लिग जित्ने सपना कायम राख्न पीएसजीको लागि उक्त लेगमा बराबरीसम्मको नतिजा पनि पर्याप्त हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत