इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रिंघटनमाथि २–० को जित हात पारेको छ।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
त्यसको ३ मिनेटपछि बिंघटन १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफको इन्ज्युरी समयमा युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
यससँगै लिगमा म्यानचेस्टर युनाइटेड २५ खेलबाट ४३ अंक हात पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ।