च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को खेलमा म्यानचेस्टर सिटीले स्पोर्टिङमाथि ५–० को फराकिलो जित हात पारेको छ। यस सँगै सिटीको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
सिटीलाई जित दिलाउन बर्नान्डो सिल्भाले २ गोल गरे। अन्य ३ खेल खेलाडीले १/१ गोल गरेका थिए। आफ्ना अवे खेलमा फराकिलो जित हात पारेसँगै म्याचेस्टर सिटीको क्वार्टरफाइनलको सम्भावना बलियो बनेको हो।
यी दुई टोलीको बीचमा मार्च १६ मा दोस्रो लेगको खेल हुनेछ।