बुधबार, माघ २, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसीको पक्षमा बाबुराम: पास नगर्ने भए सरकारमा नबस्न प्रचण्ड र माधवलाई सुझाव

एमसीसीको पक्षमा बाबुराम: पास नगर्ने भए सरकारमा नबस्न प्रचण्ड र माधवलाई सुझाव


कान्तिपथ


काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्ने दललाई सरकारबाट हट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आग्रह गरेका छन्।

सत्ता साझेदार दलका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन्। ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन÷सरकारमा बस्न मिल्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत