संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर सञ्चालित क्यासिनोको बक्यौताबापत करिब ८९ करोड रुपैयाँ उठाएको छ । क्यासिनो तथा मेसिन वा उपकरणका माध्यमबाट मात्रै खेलाइने खेल सञ्चालनका लागि इजाजत पाएका कम्पनीहरुबाट रोयल्टीबापत सोमबारसम्म ७५ करोड ४५ लाख राजस्व संकलन भएको छ । बैंक जमानतबाट १४ करोड २० लाख रुपैयाँ उठेको पनि मन्त्रालयले जनाएको छ ।
नगद बक्यौता ७५ करोड ४५ लाख र बैंक जमानत १४ करोड २० लाख गरी ८९ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको मन्त्रालयले बताएको छ । सेन्ट्रल मिडिया प्रालिले ४ करोड बक्यौता तिरेको बैंक भौचर पर्यटन विभागमा बुझाएको छ । तर सरकारको राजस्व प्रणालीमा रकम आइनसकेकाले विभागले यो रकमलाई मन्त्रालयले असुली भइसकेको जनाएको छैन । यी सबै गरी विभागले करिब ९४ करोड रुपैयाँ बक्यौता उठाउन सफल भएको हो ।
हाल विभागबाट इजाजत लिएका क्यासिनो देशभर २२ वटा छन् । २०७८ पुससम्मको इजाजत पाएका क्यासिनोमा ११ छन् । आधुनिक मेसिन वा उपकरणको सहायताबाट मात्र खेल खेलाउने कम्पनी पनि २२ वटै छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ