सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।
समितिका सदस्य एमाले सांसद खगराज अधिकारीले ‘पार्टी कामको व्यस्तता’ कारण बैठकमा जान नभ्याइने भएको बताएका छन्। सभामुखले अहिले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्थाको बैठक बोलाएका छन्। आजै दिउँसो १ बजे बस्न लागेको संसद् बैठकको कार्यसूची तय गर्न उनले बैठक बोलाएका हुन्।
कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ। एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ