बिहिबार, मंसिर २१, २०८०

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेको बंक !


कान्तिपथ


प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। त्यसको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले अहिले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन्।

तर त्यसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएकाे छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्य व्यवस्थाको बैठकमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन्।

प्रमुख सचेतक भट्टराईले भने, ‘एमालेले कार्य व्यवस्था परामर्श समितिको बैठकमा नजाने निर्णय गरेको छ।’ पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सांसद पदबाट हटाएको सूचना टाँस नगरेपछि एमाले रुष्ट छ। भदौदेखि उसले निरन्तर संसद् बैठकमा अवरोध गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत