सोमवार, जेष्ठ २, २०७९

माओवादीले एमसीसीमा सहयोग गर्न नसक्ने देउवालाई प्रचण्डको ब्रिफिङ्ग


कान्तिपथ


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न खोजे सरकार छोड्ने निर्णय निकालेको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो । आज प्रतिनिधिसभाको बैठक दिउसो २ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभा बैठकअघि संसदको कार्यव्यवस्था बैठक पनि यतिबेला बसिरहेको छ । सो बैठकले आजको संसद बैठकम एमसीसी टेबुल गर्ने निर्णय गर्ने बताइएको छ । उक्त बैठकअघि नै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले एमसीसी संशोधन र परिमार्जन नगरि पास गर्न नसकिने निश्कर्षमा पुगेको माओवादी केन्द्रले जनाएको छ ।

सत्ता गठबनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनकै घटक मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने कुनैपनि हालतमा यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान लिँदै आएको छ ।

माओवादी केन्द्र विपक्षमा विपक्षमा मतदान गर्नेसमेत निश्कर्षम पुगेको छ । संसद सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्न नसक्नेसमेत माओवादी केन्द्रको अडान छ । साथै पार्टीको बैठक सकेर मओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने प्रधानमन्त्री शेरबहादु देउवालाई भेट्न वालुवाटारतर्फ प्रस्थान गरेको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत