आइतवार, माघ ६, २०८१

एमसीसी शुक्रबार टेबल हुन्छ: कानुनमन्त्री बडू


कान्तिपथ


काठमाडौँ: कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा शुक्रबारको प्रतिनिधिसभाको बैैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता टेवल गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको बैठकमै एमसीसी टेवल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसीसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेवल गर्ने तयारी गरेको हो । बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरे ।

सत्ता घटक नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत