आइतवार, अशोज २७, २०८१

नेप्सेमा फेरि दोहोरो अंकको गिरावट


कान्तिपथ


सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

आज निर्जीवन बीमा र अन्य समूह अन्तर्गतको उपसूचक बाहेक बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । १९ अंक माथिले बजार घटेसँगै यस दिनयता कारोवार रकम समेत घटेको छ । नेप्सेका अनुसार आज साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन यस्तो कारोबार ५३ अंकले बढेको बजारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत