नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको सांगीतिक कोशेली सार्वजनिक भएको छ । नेपाली सेना अन्तर्गत मध्य कमाण्डको सेनापतिको जिम्मेवारीमा रहेका श्रेष्ठ शब्द रचनामा सृजित ‘ऊपमा के दिऊँ’ उनकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
श्रेष्ठको गितमा संगीत र स्वर भने गायक रमण थामीले दिएका छन् । ऊपमा के दिऊँमा संगीत संयोजन सुन्दर लामाले गरेका छन् । फागुन ३ गते २८ औँ वैवाहिक बर्षगाँठको ऐतिहासिक दिनको अवसर पारेर श्रेष्ठले आफ्नो गित सार्वजनिक गरेका हुन् ।
गित सिर्जनाको पृष्ठभूमी बताउदै उनले भने, ‘जिन्दगीका कठिन मोडहरू, कहाली लाग्दा आरोह-अवरोहहरूमा अर्धाङ्गिनीको प्यार, साथ, सद्भाव, त्याग र समर्पण नहुँदो हो त जीवन कस्तो हुन्थ्यो होला? यिनै भावनाहरू समेटी जीवनसङ्गिनी प्रति समर्पित गर्दै, मैले लेखेको गीत, आज बैवाहिक बर्षगाँठको अवसर पारेर युट्युबमा राखेको छु ।’