खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ ।
आरुस लाइफ स्टाइल, नेपाल र रेड क्रेस्सेन्टसंग सहकार्यमा खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले फागुन १८ देखि २० गतेसम्मका लागि नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न लागेको इन्स्टिच्युटका प्रबन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. सञ्जय खड्गीले बताए। परामर्श सेवा, औषधी तथा शल्यक्रिया समेत निःशुल्क रहने सो सेवाका लागि बिरामीले फागुन ४ देखि १५ गतेसम्ममा आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ ।
उक्त शिविरमा मिर्गाैला पत्थरी बिरामीले निःशुल्क शल्यक्रिया गराउन सकिने डा. सञ्जय खड्गी बताउछन् । शिविरमा सेवा लिन आउने बिरामीको शल्यक्रिया मिनी पीसीएनएल मार्फत गरिने उनको भनाई छ । जसअन्तर्गत ठुलो चिरफारबिना नै बिरामीको शल्यक्रिया सम्पन्न हुनेछ ।
आधुनिक प्रविधिको यो सेवा दुखाइ रहित हुनुका साथै यसमा बिरामीको अस्पतालको बसाई पनि अत्यन्त न्युन हुने डा. खड्गी बताउँछन् । शिविर बाहेक इन्स्टिट्युटले अन्य समयमा पनि सरकारी दररेटमै हरेक दिन चार जना विपन्न बिरामीलाई मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आर्थिक अवस्था कमजोर भएका बिरामी उपचारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले न्यूनतम शुल्कमा उपचार गरिने खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीका कन्ल्सटेण्ट युरोलोजिस्ट डा सञ्जय खड्गीले बताए।
उक्त इन्स्टिच्युटमा नविनतम प्रविधिको प्रयोग गरी बिना ठूलो चिरफार गरी दूरबीनको माध्यमबाट मूत्र प्रणाली र मिर्गौलाको पत्थरीको उपचार हुँदै आएको छ। उक्त प्रविधिबाट गरिने शल्यक्रिया प्रभावकारी हुने र जटिलता हुने सम्भावना कम हुने डा खड्गीले बताए। चार घण्टा लाग्ने शल्यक्रिया हाल आधा घण्टामै गर्न सकिने उनले बताए।
यो सँगै लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया, बाइपोलार शल्यक्रिया तथा अत्याधुनिक प्रविधियुक्त ल्यापारोस्कोपिक शल्यक्रियाहरु गरिने इन्स्टिच्युटले जनाएको छ।