नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नीतिको परिचयसहित) लोकार्पण गरिएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा पुस्तक लोकार्पण गरे। केसीले पुस्तक निकाल्नेबारे आफुले यसअघि थाहा नपाएको तर पुस्तक देखेपछि खुशी लागेको देउवाले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्ताका लागि केसीको पुस्तक अत्यन्तै लाभदायी हुने टिप्पणी गरे। कांग्रेस आन्दोलनमा लागेका तर, गुमनाम रहेका कतिपवय व्यक्तिको पनि पुस्तकमा चर्चा गरिएको थापाले बताए।
पुस्तकको प्रकाशक अक्सफोर्ड इन्टरनेसनल पल्ब्लिकेसन प्रालिका डोलिन्द्र प्रसाद शर्माले यति भव्य पुस्तक यसअघि प्रकाशित भएको आफूलाई जानकारी नरहेको बताए। कांग्रेसका लागि केसीको पुस्तकले उत्प्रेरित गराउन सक्ने उनको विश्वास छ।
लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले पुस्तक अपेक्षा गरेकोभन्दा फरक पाएको अनुभव सुनाए। उनले पुस्तक उच्चकोटीको रहेको टिप्पणी गरे। उनले पुस्तकको भाषामा एकरूपता नदेखिएको समेत टिप्पणी गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ