बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसी पास गर्न दौडधुप: प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

एमसीसी पास गर्न दौडधुप: प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


कान्तिपथ


बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । देउवालाई भेट्न राजदूत बेरी करिब ६ बजे बालुवाटार पुगेका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गरेका थिए । अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्याे समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ । सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।

एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै सहमति खोज्न गठबन्धनको बैठक पनि बिहीबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान दाहालसँग छलफलपछि प्रधानमन्त्री देउवाले साँझ ५ बजेका लागि सारेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत