
भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक
काठमाडाैँ । भन्सार विभागले आगामी फागुन २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।
बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो ।
विभागले विभिन्न ४५ परीक्षा केन्द्रबाट परीक्षा लिने भएको छ ।
