शुक्रबार, जेष्ठ ६, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु


कान्तिपथ


भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ । विपद्का कारण ५४ घर ध्वस्त भएका छन् ।

त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ। ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिनुभएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत