धरानमा एक पुरुषको वर्वर हत्या भएको छ। हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको छ। टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र अन्दाजी ४० वर्षभन्दा माथिका पुरुषको टाउको र खुट्टा फेला परेको हो। सडकबाट करिब १०/१२ मिटर तल जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको प्रहरीले बताएको छ।
कुँवरका अनुसार अन्यत्र कतै हत्या गरेर शव व्यवस्थापन गर्ने क्रममा सो ठाउँमा ल्याएर फालिएको जस्तो देखिएको बताए। शवको प्रकृति हेर्दा करिब एक साता अघि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। फरेन्सिक विज्ञसहितको टोलीले लाशजाँच मुचुल्का गरी शव उठाएको छ। शव पोस्टमार्टमका लागि पठाइने तयारी प्रहरीले गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ