प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सन्दर्भ प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३ विकल्प दिएका छन् । देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि प्रचण्डलाई आग्रह समेत गरेका छन् । तर प्रचण्डले उक्त कुरा ठाडै इन्कार गरेको बताइन्छ ।
संसदीय दलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प राखेका थिए । देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए ।
सत्ता साझेदार तीन दलका नेताहरू छलफलमा जुटेका छन्। सत्ता गठबन्धनको बैठकअघि उनीहरू छलफलमा जुटेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छलफलमा छन्।
उनीहरूबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आधा घण्टादेखि छलफल जारी छ। उनीहरूले साझा धारणा तय गरेर कांग्रेससँग प्रस्तुत हुने बताएको छ। सत्ता गठबन्धनको बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र समस्या देखिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ