बिहिबार, फाल्गुन १, २०८१

गठबन्धनको भविष्य ५ बजेपछि थाहा हुन्छ: प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण आजको बैठकले गर्ने बताएका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुसँगको छलफलपछि उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्

‘गठबन्धनको भविष्य पाँच बजे तय हुन्छ। हामी गठबन्धन कसरी जोगाउने भन्ने मा नै केन्द्रीत हुन्छौं,’उनले भने,‘ तीन दलको साझा धारणा बनाउन बसेका थियौं।’ ‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेमा छौ ।’

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो।

उनले एमसीसीबारे पाँच दल नै एक ठाउँ आउने गरी निकास खोज्न छलफल केन्द्रीत भएको बताएका छन्। एमसीसीमा कुरा नमिले माओवादीले सरकार छोड्ने हो ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संयन्त्रको बैठकबाट टुङ्गो लाग्ने बताए । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत