आइतवार, माघ ६, २०८१

धौलागिरि लघुवित्तले आईपीओ निष्कासन गर्ने


कान्तिपथ


धौलागिरि लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाले ३ लाख ३१ हजार कित्ता साधारण आईपीओ ल्याउन लागेको हो ।

आईपीओ प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता फागुन ४ गते भएको हो ।

सम्झौतामा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । सो संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत