काठमाडौं । सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।
मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ । आज बस्ने मन्त्रिपरिषदमा पेश हुने सो प्रस्तावबारे संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर जानकारी गराएका छन् ।
२०७४ सालमा स्थानीय तहको स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भइसकेपछि मधेस केन्द्रित दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले २०७४ साउनमा मधेस प्रदेशमा ९ वटा स्थानीय तह थपेर समग्रमा ७५३ वटा स्थानीय तह बनाएको थियो। सोही अनुसार अहिले ७५३ वटा स्थानीय तहमा सरकारहरु क्रियाशील छन्।